किड क्विनमा ४० प्रतियोगी
काठमाडौँ । सौन्दर्य प्रतियोगिता किड क्विन नेपाल सुरु भएको छ । आयोजक नेप्लिज फेशन होमले ललितपुरको बङ्गलामुखी मन्दिरमा लाख बत्ती बालेर विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको यो १९औँ संस्करण हो । प्रतियोगितामा ४० जना प्रतियोगी छन् । सहभागीहरूलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको महत्त्व दर्साउन बङ्गलामुखी मन्दिरमा लाख बत्ती बालिएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
उनका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सहित अन्तिम प्रतिस्पर्धाका लागि तयार गरिनेछ । प्रतियोगिता विजया दशमी पश्चात् जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगितामा मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमीला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजन रहेनछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण