किड क्विनमा ४० प्रतियोगी

काठमाडौँ । सौन्दर्य प्रतियोगिता किड क्विन नेपाल सुरु भएको छ । आयोजक नेप्लिज फेशन होमले ललितपुरको बङ्गलामुखी मन्दिरमा लाख बत्ती बालेर विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको यो १९औँ संस्करण हो । प्रतियोगितामा ४० जना प्रतियोगी छन् । सहभागीहरूलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको महत्त्व दर्साउन बङ्गलामुखी मन्दिरमा लाख बत्ती बालिएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
उनका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सहित अन्तिम प्रतिस्पर्धाका लागि तयार गरिनेछ । प्रतियोगिता विजया दशमी पश्चात् जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगितामा मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमीला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजन रहेनछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो