आइफोन माग्दै किशोर भोक हडतालमा बसेपछि...
नयाँ दिल्ली । आइफोन प्रति मान्छेको क्रेज पत्याउनै नसक्ने खालको छ । आइफोन किन्न आफ्नो किड्नी बेचेको खबरहरू पनि हामीले सुनेका छौं । भारतमा एक जना किशोरले आइफोनका लागि भोक हडताल गरेका छन् ।
आमालाई आइफोन किन्न दबाब दिनका लागि किशोर तीन दिन भोक हडतालमा बसेका हुन् । स्मार्टफोन किन्न गएको पसलका मालिकले एउटा छोटो भिडियो खिचेपछि गएको हप्ता ती किशोर भाइरल भएका थिए ।
भिडियोमा किशोरले आइफोन किनाउन आमालाई दबाब दिन आफूले तीन दिनसम्म भोक हडतालमा बसेको स्वीकार गरेका थिए । किशोरका आमाले जीवन गुजाराका लागि मन्दिर बाहिर फुल बेच्ने काम गर्थिन् ।
भिडियोमा किशोरको आमालाई पनि देखाइएको छ । यो भिडियोलाई लाखौं पटक हेरिएको छ । तीन दिनसम्म छोराले केही नखाएपछि माया लागेर फोन किन्न पैसा दिएको ती महिलाले भिडियोमा भनेकी छिन् । आइफोन पाएपछि छोराले खान थाल्नेछ भन्ने खुसी भएपनि उसले कमाएर पैसा तिरोस् भन्ने आमाको चाहाना थियो ।
किशोरले आमाप्रति देखाएको रवैया हेरेर सामाजिक सञ्जालमा धेरैले उनको आलोचना गरेका छन् । आमालाई वित्तीय र भावनात्मक रूपमा लुटेको आरोप धेरैको छ । बाँच्नको लागि फूल बेच्छिन् र सक्दिनन् भन्ने थाहा पाउँदा पाउँदै पनि आइफोन किन्न दबाब दिएको देखेर धेरैले किशोरको संवेदनहीनताप्रति प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण