आइफोन माग्दै किशोर भोक हडतालमा बसेपछि...

नयाँ दिल्ली । आइफोन प्रति मान्छेको क्रेज पत्याउनै नसक्ने खालको छ । आइफोन किन्न आफ्नो किड्नी बेचेको खबरहरू पनि हामीले सुनेका छौं । भारतमा एक जना किशोरले आइफोनका लागि भोक हडताल गरेका छन् ।
आमालाई आइफोन किन्न दबाब दिनका लागि किशोर तीन दिन भोक हडतालमा बसेका हुन् । स्मार्टफोन किन्न गएको पसलका मालिकले एउटा छोटो भिडियो खिचेपछि गएको हप्ता ती किशोर भाइरल भएका थिए ।
भिडियोमा किशोरले आइफोन किनाउन आमालाई दबाब दिन आफूले तीन दिनसम्म भोक हडतालमा बसेको स्वीकार गरेका थिए । किशोरका आमाले जीवन गुजाराका लागि मन्दिर बाहिर फुल बेच्ने काम गर्थिन् ।
भिडियोमा किशोरको आमालाई पनि देखाइएको छ । यो भिडियोलाई लाखौं पटक हेरिएको छ । तीन दिनसम्म छोराले केही नखाएपछि माया लागेर फोन किन्न पैसा दिएको ती महिलाले भिडियोमा भनेकी छिन् । आइफोन पाएपछि छोराले खान थाल्नेछ भन्ने खुसी भएपनि उसले कमाएर पैसा तिरोस् भन्ने आमाको चाहाना थियो ।
किशोरले आमाप्रति देखाएको रवैया हेरेर सामाजिक सञ्जालमा धेरैले उनको आलोचना गरेका छन् । आमालाई वित्तीय र भावनात्मक रूपमा लुटेको आरोप धेरैको छ । बाँच्नको लागि फूल बेच्छिन् र सक्दिनन् भन्ने थाहा पाउँदा पाउँदै पनि आइफोन किन्न दबाब दिएको देखेर धेरैले किशोरको संवेदनहीनताप्रति प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
-
‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’