सरकारले संविधान मिच्यो, अपमान गर्यो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संविधान मिचेको र संविधानको अपमानमा गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले संविधानको धारा जसरी अघि बढ्नुपर्ने हो त्यो अस्वाभाविक देखिएको आरोप लगाए ।
उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा उपधारा २ अनुसार नै दुई दल मिलेर सरकार बनाउनु पनि संविधानको अपमान भएको दाबी गरे । उनले सरकार बिचौलिया र माफिया पछाडि रहेको र त्यसैमा यो सरकार सकिने दाबी गरेका छन् । उनले सरकार हतारमा देखिएको र बिरालोले म्याउँ गरे झैँ रोष्टममा डेडिकेटेड र ट्रक लाइन विरोधमा जसरी उभिएको छ, त्यसले देखाएको आरोप लगाए । उनले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन एमाले र कांग्रेसले दुई तिहाइको बलमा संविधान मिचेको आरोप संसद्को रोष्टमबाट लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण