सेयर बजारमा १११.९६ अंकको पहिरो, २२३ कम्पनीको मूल्य घट्यो
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको छ । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको बजार अन्तिम समयसम्म ३.८६ प्रतिशतले घट्दै २७८२.६० विन्दुमा झर्न पुगेको हो ।
नेपाल स्टक एक्सचेजका अनुसार १११.९६ अंकले नेप्से सूचक घटेको यसदिन २२३ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज होटल तथा टुरिजम समूहको उपसूचक झिनो (०.४३ प्रतिशत) ले बढ्नुबाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ, डभलपमेन्ट बैंक, फाइनान्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ४ प्रतिशतमाथिले घट्दा आज हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ३ प्रतिशतमाथिले घटेका छन् ।
म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक २ प्रतिशतमाथिले घटेका छन् । आज म्युचुअल फण्डको समूहको उपसूचक भने १.०९ प्रतिशतले घट्न पुगेको छ ।
तथापि, आज तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोटी पोवर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढ्दा यता नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण