ओली नेतृत्वको सरकार हावा भरिएको बेलुनजस्तै हो : सांसद घर्ती
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले केपी ओली नेतृत्वको सरकार हावा भरिएको बेलुन भएको र कुन दिन फुट्ने निश्चित नभएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले वर्तमान सरकारको नैतिकता र कुसलता उदाङ्गो भएको विभिन्न घटनाक्रमले देखाइसकेको दाबी गरे ।
‘बेचन झा र प्रतीक थापा पक्रने डीआईजी मनोज केसी सरुवामा, गिरिबन्धुमा सरकारको बचाउ, बक्यौता नर्तिने उद्योगमा प्राधिकरण प्रमुखलाई लाइन जोड्न प्रधानमन्त्रीको फर्मान, अपराध कार्यमा संलग्नहरूलाई प्रदेश सरकारको मन्त्री बनाउने जस्ता घटनाले सरकारको नैतिकता र कुशलता उदाङ्गो बनाउँछ,’ उनले भने ।
सांसद घर्तीले प्रशासनिक सङ्घीयता सम्बन्धी सङ्घीय निजामती ऐन पारित हुन नसकेको बताए । उनले यही अधिवेशनमा निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन पारित गरेर देखाउन पनि चुनौती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण