जुम्ल्याहा बच्चा मृत्यु प्रकरण: करुणा अस्पतालको सीसीटिभी फुटेज गायब
काठमाडौँ । उपचारमा लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लागेको काठमाडौँको बुढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित करुणा अस्पतालले आफूसँग सीसीटिभी फुटेज नरहेको जनाएको छ ।
गत असार अन्तिम साता चितवनकी विद्या राणा र प्रदीप भट्टले अस्पतालको लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लगाउँदै नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा उजुरी दर्ता गरेका थिए । सोको छानबिनका लागि काउन्सिलले असार ३० गतेको सीसीटिभी फुटेज माग गर्दा आफूसँग नरहेको अस्पतालले जवाफ फर्काएको हो ।
काउन्सिलका कार्यकारी सदस्य डा.कालु सिंह खत्रीले अनुसन्धानका लागि सीसीटिभी फुटेज माग गर्दा अस्पतालले नरहेको जवाफ दिएको बताए । ‘अस्पतालले सीसीटिभी फुटेज छैन भनेको छ,’ उनले भने, ‘१५ देखि २० दिन अगाडि सीसीटिभी फुटेज माग गरिएको थियो तर छैन भनेको छ, सीसीटिभी फुटेज कानुन छुट्टै छ, अस्पतालले हाम्रो रेकर्डिङ छैन भनेर पठाएको छ ।’
अस्पतालका पब्लिक रिलेसन अफिसर सरोज श्रेष्ठले अस्पतालको सीसीटिभी ‘हार्डडिस्क फूल’ भएर फुटेज उपलब्ध गराउन नसकेको बताए । ‘स्टोरेज फूल भएको रहेछ , ओभर ड्राइभ भएको छ । त्यसैले हामीसँग सीसीटिभी फुटेज छैन, सीसीटिभी बिरामी राखेको ठाउँमा राखिएको छैन, आउने जाने ठाउँमा मात्रै छ ।’
चितवनकी विद्या राणा र प्रदीप भट्टले अस्पतालको लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लगाउँदै करुणा अस्पताल माथि दिएको उजुरीका बारेमा निर्णय गर्न एनएमसीको पूर्ण बैंठक पखाईमा छ । काउन्सिलका कार्यकारी सदस्य डा.कालु सिंह खत्रीले पूर्ण बैठक आह्वान गरिएको तर आफूलाई मिति जानकारी नभएको बताए ।
खत्रीले करुणा अस्पतालमाथि प्रदीप दम्पतीले लगाएको आरोपबारेको उजुरी अनुसन्धान अन्तिम चरणमा रहेको दाबी गरे । केही दिनअघि अस्पतालमा जुम्ल्याहा बच्चाको मृत्यु भएको विषयमा रातोपाटीले विस्तृतमा समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण