१०औँ राष्ट्रिय खेलकुद समयमै गर्न खेलाडी संघको माग
काठमाडौँ । वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको १०औँ संस्करण निर्धारित समयमै आयोजना गर्ने तयारी भइरहेको दाबी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका छन् ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै गराउन आफूले दुईपटक राखेपको बोर्ड बैठकका लागि प्रस्ताव गरेको र यस विषयमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग छलफल भइरहेको जानकारी पनि उनले दिए ।
१०औँ राष्ट्रिय खेलकुदको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गराएको ध्यानाकर्षणपत्र बुझ्दै सदस्यसचिव घिसिङले हालै खेलकुद मन्त्रीसहितको टोलीले प्रतियोगिता आयोजनास्थलको स्थलगत निरीक्षण गरेको पनि बताए ।
निर्धारित समयमै आयोजनाका लागि पूर्वाधारको सुनिश्चित गर्न राखेपले प्राविधिक टोली पनि खटाएको जानकारी दिँदै उनले खेलाडीहरूको चासोले प्रतियोगिता आयोजनालाई थप बल पुग्ने पनि बताए ।
खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बुझाएको ध्यानाकर्षणपत्रमा पूर्वनिर्धारित मिति (२०८१ साल मंसिर २ देखि ९ गतेसम्म) मै १०औँ राष्ट्रिय खेलकुद आयोजना हुनु पर्ने माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण