मन्त्री पाण्डेद्वारा अन्तर्राष्ट्रिय हवाई कम्पनीका प्रतिनिधिहरूसँग छलफल
काठमाडौँ । काठमाडौँ–संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटकहरू भित्राउन सकिने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने,‘देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ । यो संकटको अवस्था हुँदाहुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ । देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आँक्नु हुँदैन ।’
मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायीक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारतलगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरू भित्राउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्राउन सक्ने बताए । उनले सरकारले ल्याएको प्याकेजमा दुई वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग विश्वास दिलाए ।
मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनैतिक रूपमा अघि बढिसकेको समेत बताए । छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण