सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम समयमै सक्न मुख्यमन्त्री आचार्यको निर्देशन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधीन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको काम समयमै सक्न निर्देशन दिएका छन् ।
मंगलबार सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रदेशको पहिलो सुरुङ मार्ग रहेकाले सुरुङको निर्माणपछि विकासमा नयाँ युगको सुरुवात हुने बताए ।
मुख्यमन्त्री आचार्य सुरुङ मार्ग निर्माण सम्पन्न भए नागरिकलाई आवतजावतमा सहजता हुनेका साथै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै सभामुख तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा साबित हुने बताए ।
अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर २४ सै घण्टा खन्ने काम भइरहेको छ ।
अबको दुई–तीन महिनाभित्र सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।
सुरुङ मार्गको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने गरी यसको निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण