महेश बर्तौलाको टिप्पणी– प्रचण्डले राजनीतिबाट सन्न्यास लिएको घोषणा गर्नुभयो
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रमुख सचेतक बर्तौलाले संसदमा अध्यक्ष प्रचण्डले बोलेको कुरा नियाल्दा कुनैपनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भएपनि प्रचण्डले अब माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको उल्लेख गरे । उनले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एक प्रकारको सन्न्यासको घोषणा रहेको बताए ।
प्रमुख सचेतक बर्तौलाले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भूमिकाबारे प्रश्न कुण्ठा व्यक्त गरेको बताए । उनले प्रमुख प्रतिपक्षको दलको नेताको भूमिकाबाट पनि छिटै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नुनपर्ने बताए ।
उनले भने, ‘ मान्य पुष्पकमल दाहालज्युले संसदमा बोल्दै गर्दा हामीले सुन्यौँ । हामीलाई लाग्यो, आजदेखि नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाज्युले संसद्को रोष्टमबाट औपचारिक ढंगबाट अब म सत्ताको खेलमा छैन, हाम्रो पार्टी सत्ताको कुनैपनि खेलमा जाँदैन, उहाँले आफ्नो नाम फेरि पनि दोहार्याएर भन्नुभयो, प्रचण्ड यो खेलमा छैन भन्नुभयो, यसले के देखाउँछ माओवादी केन्द्रका अध्यक्षज्यू, संसदीय दलका नेताले एक प्रकारले भन्ने हो भने राजनीतिबाट सन्न्यास लिनुभयो । सत्ताको खेलबाट कहिले पनि यस खेलमा अघि नबढ्ने त्यो प्रकारको, सत्तामा नजाने गरीको, नजोडिने गरीको संन्यासको घोषणा गर्नुभयो ।’
प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण