कास्कीकोटमा दहीको होली खेलियो
पोखरा । कास्कीको कास्कीकोट क्षेत्रमा मंगलबार दहीको होली खेलिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष जस्तै अहिले पनि दहीको होली खेलिएको हो । श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकालदेखि नै यहाँ दही जात्रा हुने गरेको थियो । गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिले दहीको होली आयोजना गर्दै आएको छ ।
सांस्कृतिक रूपमा मनाउँदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् । नेपालका अन्य ठाउँमा दहीको होली खेल्ने प्रचलन नरहेको भन्दै यसलाई संरक्षण गरिराख्ने समितिका सचिव तथा कार्यक्रम संयोजक ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । दही जात्रामा सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।
‘अन्य ठाउँमा कृष्ण जन्मनुअघि नै पर्वको रूपमा मनाउने चलन छ । हामी कृष्ण जन्मेको भोलिपल्ट उत्सव मनाउँछौँ,’ उनले भने, ‘यो नेपालका अन्य ठाउँमा छैन । त्यसैले संस्कृति जगेर्नाका लागि नयाँ पुस्तालाई पनि प्रोत्साहन गर्दै आएका छौँ ।’ विगत १२ वर्षदेखि दही जात्रालाई विशेष पर्वको रूपमा मनाउने गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण