ओल्मोको डेब्यूमा बार्सिलोनाको पुनरागमन
बुधबार, १२ भदौ २०८१, ०८ : ४३
भालेकास । डेब्यू खेलमा ड्यानी ओल्मोले गोल गरेपछि बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै रायो भायकानोलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना २–१ गोलले विजयी भएको हो ।
खेलको नवौँ मिनेटमा नै उनाइ लोपेजले घरेलु टोली भायकानोलाई अग्रता दिलाएका थिए । बार्सिलोनाले बराबरी गोल फर्काउन एक घण्टासम्म पर्खनुपरेको थियो । राफिनाको पासमा पेड्रीले बराबरी गोल गरे ।
८२ औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सालाई जित दिलाए । ओल्मो ६ करोड युरोमा आरबी लेइपजिगबाट बार्सा फर्किएका हुन् । सानो उमेरमा बार्सिलोना रहेका ओल्मो १६ वर्षको उमेरमा क्लब छाडेर डाइनामो जागरेब पुगेका थिए ।
ला लिगाको नयाँ सिजनमा बार्सिलोनाको लगातार तेस्रो जित हो । लिगमा हालसम्म बार्सिलोनाको मात्र शत प्रतिशत रेकर्ड कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण