आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुनेछ ।
भदौ ८ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थहरुद्वारा संकलित कूल निक्षेपको आकार ६४ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । तर, यसै अवधिमा जम्मा ५१ खर्ब ७९ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्ब रुपैयाँ माथि तरलता रहेको छ ।
बैंकहरुको कर्जा माग घटिरहेका बेला बैंकहरुमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले निरन्तर निक्षेप संकल उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । यसैकै निरन्तरता बुधबार केन्द्रीय बैंकले थप ४० अर्ब प्रशोचन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण