प्रतिवेदन लेखनमा जुट्यो सहकारी छानबिन विशेष समिति
काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । अहिले समितिको बैठक बसिरहेको छ ।
आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य सुरु हुने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए । ‘बैठकमा आजबाट हामी प्रतिवेदन लेखनको तयारीमा जुटेका छौँ । बयान लिने काम सम्पन्न भइसकेको छ । निर्धारित समयभित्र सम्पन्न पनि गर्नु छ‚’ उनले भने ।
समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो । यस्तै‚ रास्वपा सहमहामन्त्री विपिन आचार्य र सभापति रवि लामिछानेसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको समेत बयान समितिले लिएको थियो ।
‘जीवी राई बाहेक हामीले सबैको बयान लिने काम सक्यौँ‚’ उनले भने । प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको हो। समितिको म्याद यही भदौ १५ गते सकिँदैछ । तर‚ काम थालनी गरेको ३ महिना समितिको समायवधी भएकाले भदौ २२ सम्म समय पाउनुपर्ने समिति सदस्यहरूको मत छ ।
थापाको समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट दिलेन्द्र बडू (पहिले बद्री पाण्डे) र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।
समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धनमा अध्ययन गरी सुझाव दिनु टिओआरमा उल्लेख छ । यस्तै‚ दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने जिम्मेवारी समितिको छ ।
यस्तै सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए नभएको र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूबारे अध्ययन छानबिन गरेको समितिले यी विषय प्रतिवेदनमा लेखेर सदनमा पेस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण