इन्टरनेटमा नरेश भट्टले खोजेका थिए– ‘श्रीमतीको मृत्युपछि अर्को बिहे गर्न कति समय लाग्छ ?’
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको एक महिना हुन लागिसकेको छ । हत्या आशङ्का गरिएपनि अहिलेसम्म उनको अवस्था अज्ञात छ ।
आफ्नी श्रीमती बेपत्ता हुनु भन्दा कयौँ महिना अगाडि ममताको श्रीमान् नरेश भट्टले अफिसको कम्प्युटरबाट ‘श्रीमतीको मृत्यु भएपछि अर्को बिहे गर्न कति समय लाग्छ ?’ भनेर इन्टरनेट (गुगल)मा खोजेको खुलासा भएको छ ।
अभियोजनकर्ता वकिलले अदालतमा यसबारे बताएका हुन् । प्रहरी हिरासतमा रहेका ३७ वर्षीय नरेशलाई सोमबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको थियो ।
यस क्रममा २८ वर्षीय श्रीमती ममताको बेपत्ता भएको मामिलामा नरेशको हात रहेको सन्दर्भमा अधिकारीहरूले थप प्रमाण पेस गरेका थिए । श्रीमतीको शव लुकाएको आरोप लागेका नरेशमाथि उनका साथीहरूले समेत श्रीमतीमाथि दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका खुलासा अभियोजनकर्ताहरूले गरेका छन् । गएको हप्ता अधिकारीहरूले भट्ट दम्पतीको घरमा खोज तलास गर्दा ममतालाई मारिएको सङ्केत पाएका थिए । सोमबारको पेशीको अन्त्यमा न्यायाधीशले नरेशलाई बिना जमानत अर्को पेशीसम्म हिरासतमा राख्न आदेश दिएका थिए ।
घरको मास्टर बेडरुम र बाथरुममा भेटिएको रगतको मात्राले चोट लागेको व्यक्ति बाँचेको नहुन सक्ने सङ्केत गरेको प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ता साराह समीले अदालतमा भनेकी थिइन् ।
हरेक प्रमाणले ममता अब ज्यूँदो नरहेको सङ्केत गरेकोले शव नभेटेपनि हत्या अभियोग चलाउन सकिने उनले बताइन् । भट्ट दम्पतीको घरमा भेटिएको रगत ममताकै हो भन्ने पुष्टि भइसकेको छैन । नरेशको वकिलले भने ममता हराएपछि देखिएको जनआक्रोश र शङ्काकै आधारमा उनलाई फसाइएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण