धनगढीमा माओवादी परामर्श बैठक सुरु
बुधबार, १२ भदौ २०८१, १४ : ०५
धनगढी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठक धनगढीमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी भएका छन् ।
त्यस्तै, माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श स्वास्थ्य तालिम केन्द्रमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण