इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकको उद्धार
बुधबार, १२ भदौ २०८१, १४ : ५९

गाजा । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको हो ।
अक्टोबर ७, २०२३ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेसनमार्फत मुक्त गरिएको आठौँ बन्धक र जीवित उद्धार गरिएको पहिलो इजरायली अरब बन्धक हुन् । उनी भूमिगतबाट उद्धार गरिएका पहिलो बन्धक पनि रहेका छन् ।
सेनाले अल्कादी दक्षिणी इजरायलको राहात सहरको दक्षिणमा रहेको बेदुइन गाउँ कर्कुरका थियो । किबुत्जमा हमासको आक्रमणको क्रममा उनको कार्यस्थल मागेनमा रहेको प्याकिङ हाउसबाट अपहरण गरिएको थियो ।
अक्टोबर ७ हमासको हमलामा करिब २५० बन्धक बनाइएका थिए । जसमा १०८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये धेरैको मृत्यु भएको विश्वास गरिएको छ ।
सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ
-
स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल