इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकको उद्धार
बुधबार, १२ भदौ २०८१, १४ : ५९
गाजा । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको हो ।
अक्टोबर ७, २०२३ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेसनमार्फत मुक्त गरिएको आठौँ बन्धक र जीवित उद्धार गरिएको पहिलो इजरायली अरब बन्धक हुन् । उनी भूमिगतबाट उद्धार गरिएका पहिलो बन्धक पनि रहेका छन् ।
सेनाले अल्कादी दक्षिणी इजरायलको राहात सहरको दक्षिणमा रहेको बेदुइन गाउँ कर्कुरका थियो । किबुत्जमा हमासको आक्रमणको क्रममा उनको कार्यस्थल मागेनमा रहेको प्याकिङ हाउसबाट अपहरण गरिएको थियो ।
अक्टोबर ७ हमासको हमलामा करिब २५० बन्धक बनाइएका थिए । जसमा १०८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये धेरैको मृत्यु भएको विश्वास गरिएको छ ।
सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण