फुटबल
नेपालको पोष्टमा बंगलादेशको दोस्रो गोल
बुधबार, १२ भदौ २०८१, १५ : ४६
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा बंगलादेशले दोस्रो गोल गरेको छ । बंगलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल थपेको हो ।
यसअघि पहिलो हाफमा बंगलादेशले १–० गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडीले फ्रिकिकमार्फत गोल गरेका थिए ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी छ । नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको हो ।
बंगलादेशले भने दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराएको थियो । नेपाल र बंगलादेश एउटै समूहबाट प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उप–विजेता बनेका थिए । समूहगत चरणको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण