पूर्वसभामुख सापकोटाको फैसला दोस्रोपटक सर्यो
काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले संवैधानिक इजलासले बुधवारका लागि निर्णय सुनाउने मिति तोकिएपनि सरेको जानकारी दिए ।
यसअघि असार १२ गते पनि एक न्यायाधीश अनुपस्थित भएपछि निर्णय सुनाउने मिति सरेको थियो । आज भने फैसलाका लागि अध्ययन नपुगेको बताइएको छ ।
प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको अन्य मुद्दा पनि भएका कारण समय भएको प्रवक्ता कुइँकेलले बताए ।
काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते नै बहस सकिएको थियो । सो दिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गतेका लागि तोकेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण