हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको छु : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् । बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु‚’ उनले भने । मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरि काम गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।
उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दवाव, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे । मन्त्री, सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै ईमान्दारिताका साथ काम गर्न समेत उनको निर्देशन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण