हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने छ : मुख्यमन्त्री आचार्य
बुधबार, १२ भदौ २०८१, १८ : १०
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताएका छन् ।
प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरेर अघि बढ्ने उनले बताएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको प्रदेश योजना आयोगको लुम्बिनी डाटा पोर्टल सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको सबै क्षेत्रका तथ्याङ्कलाई यथार्थपरक बनाउनुपर्ने बताए ।प्रदेशको डाटा पोटलमा लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधार लगायत सबै विषय र पक्षका तथ्याङ्कलाई एकीकृत गरेर एकै ठाउँमा राखिएको छ ।
प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले डाटा पोटलमा लुम्बिनी प्रदेशको स्थिति समेटिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण