सहकारी छानबिन समितिले प्रारम्भिक प्रतिवेदन मस्यौदा तयार गर्न जिम्मेवारी तोक्यो
बुधबार, १२ भदौ २०८१, १९ : २२
काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले हालसम्म सम्पन्न कामको समीक्षा गरेको छ । बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको छ ।
यस्तै बैठकले अब बाँकी र सम्पन्न गर्नुपर्ने कामहरूको योजनासमेत प्रस्तुत र पारित गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ । बयान लिने काम सकिएपछि समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण