वनका कानुन तत्काल संशोधन गर्न संसदीय समितिको निर्देशन
हेटौँडा । बागमती प्रदेश अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिले तत्काल वन तथा वातावरणसँग सम्बन्धित ऐन संशोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले सङ्घीय ऐनसँग बाझिएका प्रदेशका ऐनहरू तत्काल संशोधनका लागि व्यवस्था मिलाउन निर्देशन गरेको हो ।
समितिका सभापति आनन्दकुमार श्रेष्ठले वन तथा वातावरण संरक्षणका विषयहरू अति संवेदनशिल भएकाले आवश्यक प्रक्रिया पुरा गरी ऐन संशोधन लागि पेस गर्न र सो बारे समितिलाई जानकारी गराउन निर्देशन गरेका हुन् ।
प्रदेश सरकारले २०७५ मा बनाएको प्रदेश वन ऐन सङ्घीय सरकारले जारी गरेको राष्ट्रिय वन ऐनसँग बाझिएकाले हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । ऐन कार्यान्वयनमा नआउँदा उक्त प्रदेश वन नियमावली निर्माण गर्न सकिएको छैन । उक्त नियमावली ड्राफ्ट भई मन्त्रालयमा नै थन्किएको छ ।
वन तथा वातावरणका संरचनाहरू अर्धन्यायिक निकाय भएकाले कानुनी रूपमा सशक्त र जिम्मेवार बनाउन ऐन संशोधनमा गम्भीर हुन बैठकले सुझाव दिएको छ । बैठकले कानुनी अप्ठेराका विषयहरू समाधान गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरेर नयाँ ढङ्गबाट अघि बढ्न अनुरोध गरेको छ ।
समितिको बैठकले प्रदेशको मन्त्रालयले वन क्षेत्रका कार्यक्रमलाई मात्र प्राथमिकता दिएका र वातावरण संरक्षणका विषयहरू छुट्न गएकाले मन्त्रालयमा वातावरण महाशाखा र वन कार्यालयहरूमा शाखा खडा गर्न निर्देशन दिएको छ ।
बैठकले आधिकारिक संरचना खडा भएपश्चात् वातावरण क्षेत्रका विभिन्न कार्यक्रम र विषयहरू अघि बढाउन सहज हुने भएकाले आवश्यक व्यवस्थापनसहित महाशाखा र शाखा निर्माण गर्न निर्देशन दिएको हो ।
बैठकले मन्त्रालयमा आर्थिक अनुशासन र सुशासन कायम गर्न बेरुजु फछर्यौटमा गम्भीर हुन आग्रह गरेको छ । बेरुजुले कार्य सम्पादन मूल्याङ्कनमा समेत प्रभाव पार्ने भएकाले न्यूनीकरणमा जोड दिन आग्रह गरेको हो । बेरुजु न्यूनीकरणका लागि मन्त्रालयले आवश्यक कार्ययोजना निर्माण गरेर अघि बढ्न बैठकले सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण