उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बंगलादेशी प्रशिक्षक
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् ।
सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप समयमा फ्रिकिकमार्फत गोल बेहोरेको थियो । त्यो गोलसँगै नेपाल खेलमा १–० ले पछि परेको थियो । हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक फाउलका कारण गोल व्यहोरेपछि नै खेलको नतिजा फेरिएको उल्लेख गरे । त्यो गोलपछि आफ्ना खेलाडी दबाबमा परेको उनले बताए । सबै खेलाडीलाई गोल गर्न मात्र ध्यान नभएको र आफ्नो जिम्मेवारी अनुरूप खेलाडीले काम गर्न नसक्दा खेल गुमाउनु परेको उनले धारणा राखे ।
उनले पहिलो हाफमा प्राप्त अवसर पनि सिर्जना हुन नसक्दा खेलमा दबाब भएको बताएका छन् । नेपाली टोलीका कप्तान कुशल देउवाले आफ्नो खेलाडीले बेस्ट दिने प्रयास गरे पनि योजनाअनुरुप खेल्न चुकेको बताए ।
बंगलादेशका प्रशिक्षक मरुफुल हकले ट्रफी विद्यार्थी आन्दोलनमा ज्यान गुमाएकालाई समर्पित गरेका छन् । उनले नेपाली खेलाडी दबाबमा पर्दा लगातार गल्ती गरेको र त्यसका फाइदा आफ्ना खेलाडीले लिएको पनि धारणा राखे । काउन्टर प्रयासमा गोल गर्ने रणनीति पनि सफल भएको उनको भनाइ छ । बंगलादेशका प्रशिक्षकले पनि पहिलो गोल नै टर्निङ प्वोइन्ट रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण