महामन्त्रीद्वयसँग आज पुनः छलफल गर्दै सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बूढानीलकण्ठ बोलाएका हुन् ।
सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए ।
महामन्त्रीसँग सहमति नजुटेपछि मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका थिए । ।
कांग्रेसभित्र एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धन गर्न नहुने विषयमा मतभेद छ । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद बढ्दो छ ।
संस्थापन पक्षले यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण