गाजामा विश्व खाद्य कार्यक्रमले रोक्यो आफ्नो गतिविधि
बिहीबार, १३ भदौ २०८१, १० : ५८
रफाह । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले गाजामा कर्मचारीहरूको आवतजावतमा ठप्पै पारेको छ । इजरायली चेकप्वाइन्टबाट केही मिटर पर कार्यक्रमसम्बद्ध एक सवारी साधनमा कयौँ राउन्ड गोली प्रहार भएपछि यो निर्णय गरिएको हो ।
इजरायली अधिकारीहरूले आक्रमण नगर्नु भनेर स्पष्टसँग चिह्न लगाएको र सुरक्षा जाँचमा कयौँ पटक सफाइ पाएर इजरायली रक्षा बल (आईडीएफ)को चेकप्वाइन्टतर्फ जाँदै गर्दा डब्ल्यूएफपीको सवारी साधनमा गोली प्रहार भएको विज्ञप्तिमा भनिएको छ ।
गाडीको चालक बस्ने पट्टीको झ्यालमा गोलीको कयौँ निशान लागेको फोटो डब्ल्यूएफपीले सार्वजनिक गरेको छ । गाडीमा कम्तीमा १० वटा गोली लागेको थियो । यस घटनामा कारमा सवार कुनै पनि कर्मचारीलाई चोटपटक भने नलागेको बताइएको छ । यस मामिलाबारे आफूले अनुसन्धान गरिरहेको आईडीएफले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति, हस्ताक्षरकाे तयारी
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण