एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकृतहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
काठमाडौँ । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना उच्च प्रहरी अधिकृतरुले दायर गरेको रिट निवेदनको पेसी न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा परेको छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ गर्नेगरी पेसी तोकिएको हो ।
प्रदेश समन्वय विभागका प्रमुख ज्ञवाली, मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल, अन्य दुई जना डीआईजी केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधवार रिट दायर गरेका थिए ।
निवेदकहरूले उमेरहदका कारण अवकाश नगर्न माग गरेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ ।
उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण