म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री राणा
धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छिन् ।
बिहीबार धनगढीस्थित आफ्नै निवासमै पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएकी हुन् ।
उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्री ज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’
उनले कांग्रेस पार्टीभित्र थुप्रै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आफू त्यसको लाइनमा नभएको बताइन् ।
त्यस्तै परराष्ट्रमन्त्री देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् । उनले भनिन्, ‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ । सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौँ ।’
मन्त्री देउवाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन् । तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो । उनले दुई ठुला दलको सरकार ०८४ सम्म कायमै रहने समेत उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
-
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण