‘टोयोटा विजय उत्सव’ सुरु, एक्सचेन्जदेखि बीमासम्मको सुविधा
काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २०८१ भदौ १३ देखि १८ गतेसम्म ‘टोयोटा विजय उत्सव’ मनाउँदैछ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम सार्वजनिक गरिएको हो ।
विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको व्यवस्था गर्नुको साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुटका विशेष छुट पाउने छन् ।
कार्यक्रममा विभिन्न बैङ्कहरूको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेंजरसंग सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ छ ।
यस कार्यक्रममा टोयोटाका गाडी चडिरहेका ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रुपमा डेली लक्की ड्र समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण