नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण
बिहीबार, १३ भदौ २०८१, १३ : २०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएकोमा पनि उनले विषय उठान गरे । साथै सी चेकका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर प्रश्न गरे ।
‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी बेहोरेको छ । कतै सञ्चालितहरूलाई पोस्न सेटिङ त गरिएको छैन‚’ उनले प्रश्न गरे । उनले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड लस भएको भन्दै चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल
-
माओवादीको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
बेँसीसहर–चामे सडक अवरुद्ध
-
प्रतिनिधिसभा बैठक रास्वपाले पनि गर्यो बहिस्कार