दुधको भुक्तानी तत्काल दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निर्देशन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तत्काल किसानलाई दुधको भुक्तानी दिन नेपालगन्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ति उपत्यका देउखुरीमा आज नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ६–७ महिना देखि दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न निर्देशन दिएका हुन्।
उनले दुधको भुक्तानी रोकिँदा चौतर्फी असर परेको भन्दै छिटो भुक्तानी गर्नुपर्ने बताए। उनले यस विषयमा संघीय सरकारसँग पनि पहल गर्ने बताए । गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागि अर्थ मन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
भेटमा नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरी दुधमा आत्मनिर्भताको लागि नेपालगन्ज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरे। ।
नेपालगन्ज दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दुध संकलन गर्दै आएको छ । यस्तै सुर्खेतको छिन्छु दुध चिस्या केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुँदै आएको छ ।
एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध विक्रि वितरण गर्दै आएका छन् । उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दुध प्रशोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दुध संकलन हुँदै आएको आयोजना कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण