बागमती प्रदेश : विषयगत समितिबाट विधेयक पारित
बिहीबार, १३ भदौ २०८१, २२ : ३३
बागमती । बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन एउटा विधेयक टुङ्गो लगाएका छन् । आज बसेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफावार छलफल पश्चात पास गरेको समितिका सभापति ठाकुरप्रसाद ढकालले जानकारी दिए । स्वास्थ्य विधेयक लामो समयदेखि समितिमा विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभावित हुँदै आएको थियो ।
भोलि बस्ने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण