भारतीय विदेशमन्त्रीले भने– छिमेकी सधैँ समस्या बनिरहन्छन्
काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले छिमेकी सधैँ समस्या बनिरहने बताएका छन् । उनले छिमेकीसँग सम्बन्ध बनाइरहनु निकै कठिन काम हुने पनि प्रस्ट पारेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा एउटा पुस्तक विमोचन कार्यक्रममा जयशंकरले विश्वका जुनसुकै देशलाई हेर्ने हो भने पनि छिमेकी एउटा समस्या बनेको पाइने बताए ।
‘छिमेकीसँगको समस्या लगातार बनिरहन्छ,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘यसलाई कहिल्यै सुल्झाउन सकिँदैन ।’
उनले प्रश्न गरे– यस्तो कुन देश छ जसको छिमेकीसँग चुनौती छैन ? आपसी सम्बन्ध हमेसा एकनासको नहुने छिमेकीको स्वभाव नै भएको उनको भनाइ थियो ।
भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानसँग अब वार्ताको समय समाप्त भइसकेको टिप्पणीसमेत गरे । पाकिस्तानसँगको सम्बन्ध अब उसकै भाषामा निर्भर हुने पनि उनले प्रस्ट पारे । पाकिस्तानको हरेक सकारात्मक र नकारात्मक कुराको जवाफ उसकै भाषामा दिइने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण