पाकिस्तानको खैबर पख्तुनख्वामा पहिरो, एकै परिवारका १२ जनाको मृत्यु
शुक्रबार, १४ भदौ २०८१, १६ : ०६
इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सो परिवार बस्दै आएको कच्ची घरको छाना खसेको माथिल्लो डीर जिल्लाका राहतकर्मीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । दुर्घटनाको समयमा परिवारका सदस्यहरू सुतिरहेका थिए ।
भग्नावशेषबाट निकालिएकामध्ये यस परिवारका नौ जना बालबालिकाको शव रहेको बताइएको छ । खैबर पख्तुनख्वामा विगत एक महिनादेखि भारी वर्षा भइरहेको छ । जसका कारण बाढीले यहाँको एउटा ठूलो पुल पनि बगाएको छ । पहिरोका कारण काराकोरम राजमार्गको एक भाग पनि बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण