विद्यालय शिक्षामा योग र ध्यानसम्बन्धी विषय समावेश गरौँ : राष्ट्रियसभा अध्यक्ष
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षामा योग र ध्यानसम्बन्धी विषय समावेश गर्नुपर्ने बताएका छन् । जीवन विज्ञान प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको सांसदहरूका लागि ध्यान, योग र अध्यात्मको स्वजागरण कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
स्वस्थ जीवनपद्धति, स्वस्थ समाज र समृद्ध देश निर्माणका लागि योग र ध्यान जरुरी रहेको भन्दै अध्यक्ष दाहालले विद्यालय तहबाटै अनिवार्य रूपमा एउटा विषय योग र ध्यानको समावेश गर्न सके अनुशासित, नैतिकवान् र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
त्यसका लागि आफूले सहयोग गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गरे । उनले भने, “म अहिले जुन जिम्मेवारीमा छु, त्यहाँबाट हाम्रो नियम, पद्धति र प्रक्रियाले पुग्नेसम्मको सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
स्वस्थ जीवन पद्धतिका लागि सबैभन्दा पहिले आफ्नो जीवनशैली बदल्नुपर्ने उनको जोड थियो। उनले भने, “हाम्रो चाहना स्वस्थ र शान्तिपूर्ण जीवन बिताउने हुन्छ तर हाम्रो जीवन पद्धतिले झोलाभरि औषधी लिएर हिँड्नुपर्ने ठाउँमा छौँ।”
राजनीतिक नेतृत्व शारीरिक तथा मानसिक रूपले स्वस्थ नहुँदासम्म उनीहरूको चिन्तन, प्रवृत्ति, दृष्टिकोण र योजना पनि सही हुन नसक्ने अध्यक्ष दाहालको भनाई थियो। नेताहरूले अनुशासित, सभ्य र सुशासनयुक्त समाज बनाउनुपर्छ भनेर भाषण गर्ने तर त्यस्तो समाज निर्माणका लागि कुन माध्यम प्रयोग गर्ने भन्नेमा सधैँ अलमलिने गरेको उनले बताए ।
जीवन विज्ञान प्रतिष्ठानले सुरु गरेको स्वजागरण अभियानले ध्यान र योगका माध्यमबाट स्वस्थ र सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दाहालले विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत दुवै सदनका सांसदहरू सहभागी कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सो अवसरमा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग र ध्यानको अभ्यास गराउनुका साथै प्रवचन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण