ब्राजिलमा एक्समाथि प्रतिबन्ध
शनिबार, १५ भदौ २०८१, ०९ : २४
ब्रासिलिया । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो ।
दिइएको म्यादभन्दा पहिले एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो। अदालतका सबै आदेशहरू पुरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरुपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिए ।
यो सम्पूर्ण मुद्दा यस वर्ष अप्रिलमा सुरु भएको थियो । त्यतिबेला न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौँ एक्सका खाताहरू प्रतिबन्ध लगाएका थिए ।
उक्त आदेशको जवाफ दिँदै एक्सका मालिक एलन मस्कले भनेका थिए, ‘ वाक् स्वतन्त्रता कुनै पनि लोकतन्त्रको जग हो र जनताबाट निर्वाचित नभएका ब्राजिलका न्यायाधीशहरूले राजनीतिक दबाबमा परेर यसलाई बर्बाद गरिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण