विकास निर्माणमा सत्ता पक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री पौडेल
बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताए ।
विकास सवैका लागि भएकोले त्यसमा सत्ता पक्ष र प्रतिपक्ष सबैले मिलेर जानुको विकल्प नभएको उनको भनाइ थियो । उनले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने भन्दै समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए।
अस्पतालको निर्माण ठेक्का समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उनले आग्रह गरेका हुन् । उनले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने विश्वास गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समारोह लुम्बिनी प्रदेशको लागि खुसीको क्षण भएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय शय्या रहने भवनको शिलान्यास गरिएको छ ।
छ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । लामो समयको प्रतीक्षा र प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया अघिल्लो आर्थिकमा सुरु भए पनि भवनको औपचारिक शिलान्यास भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण