इन्टरको गोल वर्षा, मिलान जितविहीन
मिलान । इटालियन सिरिएमा इन्टर मिलानले एटालान्टामाथि शानदार जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा साबिक विजेता टोली ४–० गोलले विजयी बन्यो ।
इन्टरलाई जित दिलाउन मार्कस थुरामले दुई गोल गरे । खेलमा बेराट जिम्सिटीको आत्मघाती गोलको मद्दतले इन्टरले अग्रता लिएको थियो ।
१० मिनेटपछि निकोलो बरेलाले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा थुरामले दुई गोल गर्दै टोलीलाई सहज दिलाए ।
३ खेलपछि २ मा जित र एकमा बराबरी खेल्दै इन्टर लिगको शीर्ष स्थानमा रहेको छ । टोलीको ७ अङ्क छ ।
शनिबार भएको अन्य खेलमा पार्माविरुद्ध नापोलीले उत्कृष्ट पुनरागमन गरेको छ । खेलको १९ औँ मिनेटमा आंगे योआन बोनीले पेनाल्टीमार्फत पार्मालाई अप्रत्यासित अग्रता दिलाएका थिए ।
खेलमा जिततर्फ अघि बढिरहँदा नापोलीले इन्जुरी समयमा दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । रोमेलु लुकाकुले ९२ औँ मिनेट र आन्द्रे फ्रांक जाम्बो एंगुइसाले ९६ औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए ।
उता, एसी मिलान भने लाजियोसँग बराबरीमा रोकिएको छ । दुई टोलीबिचको खेल २–२ को बराबरीमा सकियो । यो सिजन मिलान हालसम्म जितविहीन रहेको छ ।
३ खेलबाट मिलानले २ अङ्क बटुल्दै लिगको १४ औँ स्थानमा सीमित छ । लाजियो ४ अङ्कसहित आठौँ स्थानमा छ । नापोली ६ अङ्कसहित चौथो स्थानमा कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
-
जग्गा व्यवस्थापनका लागि ‘ल्यान्ड पुलिङ’ मोडेल अपनाउन महासंघका अध्यक्ष श्रेष्ठको सुझाव
-
सेयर लगानीकर्तालाई अर्थमन्त्री सचिवालयको अपिल : अफवाहको पछि नलाग्नुस्
-
सिरियास्थित अमेरिकी फौजलाई निशाना बनाएको इरानको दाबी
-
विकास रोक्ने वन ऐन सच्याउन इप्पान अध्यक्ष डाँगीको माग
-
पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्छ : लिमा अधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण