‘वर एन्ड वधू’को व्यवसाय कस्तो ?
काठमाडौँ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘वर एन्ड वधू’ले सुरुवातको व्यवसाय राम्रो गर्न सफल भएको निर्माण पक्षले दाबी गरेको छ । फिल्मले शुक्रबार र शनिबार राम्रो दर्शक पाएको निर्देशक मिलन चाम्सले बताए ।
शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत काठमाडौँका विभिन्न हलमा दर्शकको प्रतिक्रिया लिन पुगेका थिए ।
हलमा दर्शकले देखाएको मायाले आफू उत्साहित भएको अभिनेत्री आँचल शर्माले बताइन् । उनले भनिन्, ‘फिल्म हेर्न आउनु भएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठुलो कुरा हो ।’
नायक विवेक कर्माचार्यले पहिलो फिल्ममै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुसी भएको बताए । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने विवेकको भनाइ छ ।
फिल्ममा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रवीन्द्र खड्का, विजय लामा लगायतका कलाकारको पनि अभिनय छ । एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रूपमा छन् ।
प्रदीप भारद्वाजले लेखेको फिल्मलाई सुदिप बरालले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण