गजल
मेरो बा
सोमबार, १७ भदौ २०८१, ०८ : १५
मेरो तागत बा हो मेरो हौसला बा हो
मेरो अस्तित्व, परिचय र कला बा हो
म अहिले जहाँ छु जे जति यी गर्दै छु
ती अङ्क, गणित एवं हर पला बा हो
म हिँडेको बाटो र गन्तव्य देखाउने
गुरु झैँ सभ्य भगवान् झैँ भला बा हो
भोकाएको बेला खाना खुवाउने मान्छे
नाङ्गो हुँदा लुगा दिने त्यो अबला बा हो
झट्ट देख्दा अरूले मेरो प्रगति देख्लान्
वास्तवमा हृदय बासी मूल थला बा हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण