गण्डकी गाउँपालिकाद्वारा सेवा केन्द्र विस्तार

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुईवटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले वडा नं २ को आँपटार र वडा नं ६ को पल्लोटारमा सेवा केन्द्र विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए ।
स्थानीय सरकारले प्रदान गर्ने सेवाप्रवाहमा सहज पहुँच पुग्न नसकेका क्षेत्रमा गाउँपालिकाले सेवा केन्द्र थप गरेको उनले बताए । “थप गरिएका सेवा केन्द्रबाट तोकिएको दिनमा वडा कार्यालयबाट उपलब्ध हुने सबै प्रकारका सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ”, अध्यक्ष तिमिल्सेनाले भने, “अब सेवाग्राहीले धाएर वडा कार्यालयसम्म पुग्नु पर्दैन ।”
घरदैलोमा सेवाप्रवाह पुर्याउँदै नागरिकलाई वास्तविक रूपमा स्थानीय सरकारको भएको अनुभूति गराउने उद्देश्यसहित वडा कार्यालयबाट टाढा रहेका स्थानमा सेवा केन्द्र थप गर्दै लगेको हो । गाउँपालिकाले वडा नं २ मा पशुपति प्रजा प्राविको भवन र वडा नं ६ मा भैरवी कृषि सहकारी संस्थाको भवनबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष तिमिल्सेनाले बताए ।
“टाढासम्म धाएर सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य गर्दै जाने र जनताको घरदैलोमा सेवा पुर्याउनुपर्छ भन्ने हाम्रो अवधारणा हो, यसले मात्र जनतामा वास्तविक स्थानीय सरकारको अनुभूति गराउँदछ”, उनले भने । यी दुई स्थान र आसपासका सेवाग्राहीलाई यसअघि वडा नं २ को ताङलिचोक र वडा नं ६ को भुम्लिचोकमा रहेका वडा कार्यालयबाट सेवा लिन धाएरै जानुपर्ने बाध्यता रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न