इन्ट्रा कप फुटबलको उपाधि साङ्ग्रिला फुटबल क्लबलाई
न्यूयोर्क । अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि युवातर्फ साङ्ग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप प्राप्त गर्यो ।
त्यसैगरी सिनियर युथ समूहबाट एफसी रिभाइभल, भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरुले क्रमश, १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।
उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो । अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा आइतबार सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गरे । प्रतियोगिताका विभिन्न विधाका उपविजेता टिमहरुले क्रमशः १० हजार, आठ हजार र पाँच हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।
युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपको लागि लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलसहितले पुरस्कार हस्तान्तरण गरेका थिए ।
अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली दर्शकहरुको उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका ३४ टिम प्रतिस्पर्धामा सहभागी भएको प्रतियोगिताका संयोजक चन्द्र पराजुलीले जानकारी दिए । फाउण्डेशनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
-
ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण