प्रहरीका ३ डीआइजीको सरुवा, बागमती प्रदेशमा कृष्णहरि शर्मा
सोमबार, १७ भदौ २०८१, २१ : ३४
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ जना डीआइजीहरुको सरुवा गरेको छ । प्रदेश प्रहरी कार्यालय बागमतीमा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले सोमबार डीआइजीहरुलाई काजमा सरुवा गर्ने निर्णय गरेका हुन् ।
डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा भएपछि बागमती प्रदेशमा डीआइजीको पद रिक्त थियो । विमानस्थल र उपत्यका ट्राफिकमा पनि केही समयदेखि डीआइजी थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण