टान निर्वाचन : अध्यक्षमा सागर पाण्डे निर्वाचित
काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे ।
यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा (५५०)विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।
सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण