भेनेजुएलाका प्रतिपक्षी दलका नेताविरुद्ध पक्राउ पुर्जी जारी
कारकास । भेनेजुएलाका प्रतिपक्षी नेता एड्मन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हालै भएको राष्ट्रपति निर्वाचनको सम्बन्धमा प्रतिपक्षी दलका उम्मेदवार गोन्जालेजको नाममा एक न्यायाधीशले पक्राउ पुर्जी जारी गरेका छन् ।
सरकारी वकिलको कार्यालयको अनुरोधमा सो पुर्जी जारी भएको बताइएको छ । जुलाईमा भएको विवादास्पद निर्वाचनमा राष्ट्रपति निकोलास मदुरोले आफूलाई विजेता घोषित गरेका थिए । सरकारले अहिलेसम्म आफूले नै जितेको हो भन्ने प्रमाणित गर्ने खालको कुनै पनि प्रमाण पेस गरेको छैन ।
तर प्रतिपक्ष दलले भने आफूसँग भएको मतदानको डेटाले गोन्जालेजले सहजै जित हात पारेको देखाएको भनिरहेका छन् । न्यायाधीस एड्वार्ड बिर्सेनोले गोन्जालेजको नाममा पुर्जी जारी गरेका हुन् । उनीमाथि सार्वजनिक कर्तव्य आफ्नो हातमा लिएको , कागजात किर्ते गरेको, अवज्ञा र व्यवस्थामा तोडफोडलाई प्रेरित गरेको जस्ता आरोप लागेका छन् ।
देशमा कोही पनि कानुनभन्दा माथि नभएको मदुरोले भनेका छन् । गोन्जालेज चुनावी नतिजा आएयता नै लुकिरहेका छन् । तर उनले भने आफूले कुनै पनि नराम्रो काम नगरेको दाबी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण