बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एक महिनामा झन्डै ४० करोडको सारी आयात

मङ्गलबार, १८ भदौ २०८१, १२ : ५९
मङ्गलबार, १८ भदौ २०८१

काठमाडौँ  । एक महिनामा झन्डै ४० करोडको सारी आयात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को साउनभरीमा ३९ करोड  ६२ लाख ७४ हजार रुपैयाँको ९ लाख २४ हजार ९५४ थान सारी (धोती सारी तथा लुङ्गी)  आयात भएको छ । 

यस्तै सोही अवधिमा ४२ लाख ४४ हजार रुपैयाँको १२ हजार २९६ थान पेटिकोट र ३ करोड १६लाख ५२ हजार रुपैयाँको १ लाख ३१ हजार ५४८ थान ब्लाउज  आयात भएको छ । 

उक्त सारी, ब्लाउज र पेटीकोट चीन, भारत, जापान, अस्ट्रेलिया, युएई, कतार लगायतका देशहरूबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप