सांसद लिङ्देनको प्रश्न– एनसेललाई किस्ताबन्दीमा कर तिर्ने मौका किन दिएको हो ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले एनसेललाई किस्ताबन्दीमा किन कर तिर्ने मौका दिएको भन्दै प्रश्न गरेका छन् । उनले दुई ठुला दल मिलेर बनेको सरकारले गर्छु भनेको राम्रो काम भनेको एनसेललाई कर सुविधा दिनु पो रहेको भन्दै व्यङ्ग गरेका हुन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले एनसेललाई दुहुनो गाई बनाएको बताए ।
‘किस्तामा कर तिर्ने सुविधा दियो । किन यस्तो हुन्छ ? किन व्यापारी कर तिर्न यहाँ अप्ठ्यारो मान्छन् होला ? एनसेलको व्यापार मलेसिया कम्वोडियामा छ त्यहाँ विवाद आउँदैन‚ यहाँमात्र किन आउँछ‚’ उनको प्रश्न थियो ।
उनले अहिले रुस–युक्रेन युद्धमा ४० नेपालीको ज्यान गएको र विपिन जोशी लगायतको अत्तोपत्तो नभएको भन्दै भने‚‘गल्फमा मात्र हजारौँ युवा जेलमा छन् कयौँ मृत्युदण्ड कुरेर बसेका छन् । चाडबाडमा महँगी चरम बढेको छ । सरकारको यस्तो विषयमा कुनै ध्यान छैन ।’
उनले ‘सरकार काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ जस्तो अवस्था भएको आरोप लगाए । साथै उनले खुल्लामन्चमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको विरोध गर्नेहरूलाई धरपकड र पक्राउ गरिएको विषयमा समेत प्रश्न उठाए ।
‘खुल्ला मञ्चमा केही युवाले विरोध जनाए । सरकार सुध्रिपर्ने रहेछ भनेर गम्भीर हुनुपर्नेमा जुन प्रकारले आक्रमण र धरपकड गर्यो शुभ संकेत हैन । यसलाई तपाईँले पक्रेर र ठुलो स्वरमा जनताको आवाज दबाउन सकिन्न । जनताले अहिलेको व्यवस्थामा चित्त बझाएका छैन भनेर बुझ्नुस् र सच्याउनुहोस् आफूलाई‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण