पाउरोटी किन्दै गर्दा इजरायली सेनाको आक्रमणमा परेर ८ जनाको मृत्यु
मङ्गलबार, १८ भदौ २०८१, १६ : ०७
गाजा । इजरायली सेनाले गाजामा गरेको आक्रमणका क्रममा आठ जनाको मृत्यु भएको छ । घटनाको समयमा मृतकहरू सबै जना विद्यालयमा रहेको यूएनआरडब्ल्यूएको शरणार्थी शिविरअगाडि पाउरोटी पसलमा पाउरोटी किन्न लाम लागेर बसेका थिए ।
इजरायली सेनाले जानीजानी जाबालिया शरणार्थी शिविरमा अल फाखोउरा यूएनआरडब्ल्यूए विद्यालयको प्रवेशद्वार अगाडि बसिरहेका सर्वसाधारणलाई निशाना बनाएको बताइएको छ ।
आक्रमण भिडभाडयुक्त सडकमा भएको थियो । सो ठाउँ हजारौं प्यालेष्टिनीहरूको आश्रयस्थल अनि इभ्याकुएशन सेन्टर थियो ।
उता, गाजामा ६ जनामा इजरायली बन्धकको शव फेला परेपछि सरकारविरोधी प्रदर्शन चर्किएको छ । दशौं हजार इजरायलीहरू युद्धविराम र गाजामा बन्धक बनाइएकाहरूको रिहाईको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनबाट आफू नआत्तिने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण