समुद्रमा खस्यो भारतीय कोस्ट गार्डको हेलिकप्टर, ३ जना बेपत्ता
गुजरात । भारतीय कोस्ट गार्ड (आईसीजी) को एक उन्नत लाइट हेलिकप्टर (ध्रुव) गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा खसेको छ। हेलिकप्टरमा रहेका ४ जना चालक दलका सदस्यमध्ये ३ जना बेपत्ता छन् । एकजनाको उद्धार गरिएको छ ।
हेलिकप्टरको भग्नावशेष फेला परेको छ । घटना सोमबार भएको हो। आईसीजी ले मंगलबार बिहान सोशल मिडिया प्लेटफर्म एक्समा दुर्घटनाको बारेमा जानकारी गराएको हो ।
अधिकारीहरूका अनुसार हेलिकप्टर पोरबन्दर तटबाट ४५ किलोमिटर टाढा एक कार्गो जहाजमा उद्धार अभियानको लागि गएको थियो। हेलिकप्टरमा २ जना पाइलट र २ गोताखोर सवार थिए । जसमध्ये १ जना गोताखोरको उद्धार गरिएको छ ।
गार्डले दुई पाइलट र एक गोताखोरको खोजीका लागि ४ जहाज र २ वटा विमान पठाएको बताएको छ । हेलिकप्टरले हालै गुजरातको बाढी प्रभावित क्षेत्रबाट ६७ जनालाई उद्धार गरेको थियो।
कोस्ट गार्डका अनुसार कार्गो जहाज हरिलीलाका चालक दलका सदस्य घाइते भएका छन् । उनलाई उद्धार गर्न सोमबार राति ११ बजे हेलिकप्टर गएको थियो
उन्नत लाइट हेलिकप्टर (एएलएच) लाई ध्रुव पनि भनिन्छ। कोस्ट गार्ड, सेना र नौसेना सबैले यसको प्रयोग गर्छन् । यसको निर्माण कम्पनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) ले हालै सेनाको एएचएल फ्लीटमा सुरक्षा सम्बन्धी महत्त्वपूर्ण अपग्रेडहरू गरेको थियो ।
गत वर्ष ध्रुव हेलिकप्टर डिजाइनमा समस्याका कारण धेरै दुर्घटनामा परेपछि यसको सुरक्षामा प्रश्न उठेको थियो । २०२३ को मे महिनामा सेनाले ध्रुव हेलिकप्टरको सञ्चालन एक महिनाका लागि रोकेको थियो ।
मार्चमा नौसेना र तटरक्षकले ध्रुव हेलिकप्टरको आफ्नो फ्लीट सञ्चालनमा रोक लगाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण