आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत
मंगोलिया । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कुनै पनि इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) सदस्य राष्ट्रको पुटिनले भ्रमण गरेको यो पहिलो अवसर हो ।
युक्रेनका बालबालिकाहरूलाई गैरकानुनीरूपमा डिपोर्ट गरेको आरोपमा आईसीसीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भ्रमणअघि क्रेमलिनका एक प्रवक्ताले भ्रमणका दौरान पुटिन पक्राउ पर्ने कुनै चिन्ता नरहेको स्पष्ट पारेका थिए ।
मंगलबार राजधानी उलानबाटारमा मंगोलियाका नेताले भव्य समारोहबिच पुटिनलाई स्वागत गरेका थिए । जंगेज खाँ स्क्वेरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । समारोहपछि पुटिनले मंगोलियाका राष्ट्रपति उखनागलिन खुरेलसुखसँग भेटवार्ता गरे ।
उता, पुटिनको भ्रमणअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मंगोलियासँग पुटिनलाई पक्राउ गर्न आग्रह गरेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण